काठमाडौँ। सहकारी ठगीको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार पक्राउ परेका थापाले स्थानीय कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा उपाध्यक्ष रहँदा उनी र उनको समूहमाथि डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ। कुमारी सहकारीको अनुसन्धान प्रतिवेदन गत वर्ष नै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सहकारीको रकमको दुरुपयोग गरी थापासहितले ढुकुटी खेलाउने, बोर्डिङ स्कुलमा लगानी गर्ने र व्यक्तिगत स्वार्थमा प्रयोग गरेको आरोप प्रहरी प्रतिवेदनमा उल्लेख छ।
नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित उनीविरुद्ध २०७९ माघ २८ गते सहकारीकै अध्यक्ष यमबहादुर रोक्कालगायतले सहकारी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएर सहकारीको रकम दुरुपयोगको छानबिनको माग गरेका थिए।





























प्रतिक्रिया