काठमाडाैं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’ माघ २४ गतेदेखि काठमाडौंको भकुटीमण्डपमा सुरु हुने भएकाे छ ।
सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनी आयोजना हुँदै आएको क्यान इन्फोटेकको ३० औं संस्करण ५ दिन अर्थात् २८ गतेसम्म चल्नेछ । ३०औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन एचएमसी हिक्सेमी र सह– प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् ।
यसैगरी एचएमसी हिक्सेमी क्यान इन्फोटेक–२०२५ इन एशोसिएसन विथ मर्कन्टाइल अफिसको गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा.लिं (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस–पावर बीपीई प्रा.लिं र अनलिमिटेड टेक्नोलोजी प्रा.लिं (ज्याप) रहेका छन्। प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लिं, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लिं, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा.लिं (कताहो), इनर्जी पार्टनरमा एग्जीबिशन लाइट हाउस र सीसीटीभी पार्टनरमा रहेका छन्।
प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा.लिं, म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रा.लिं, मेगाटेक ग्रुप, हाइ टेक इन्जिनियरिङ प्रा.लिं (डिजिकम), सुबिसु केबलनेट प्रालिंलगायतका संस्थाले सहयोग गरेका छन्। त्यस्तै अन्तर्राष्ट्रिय रूपमा विट्सा र टीओए सफ्टवेयर कर्पको सहयोग रहेको छ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी)बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक–२०२५ मा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथैं नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन्। यो प्रर्दशनी सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने आयाेजककाे विश्वास छ ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । क्यान इन्फोटेकमा ब्राण्डिङ, आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङं टेक्नोलोजी, इ–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाइफाइ तथा इण्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहनेछ । यो पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ।
यसअन्तर्गत सर्वसाधारणका लागि रू.१०० र विद्यार्थीका लागि रू.५० शुल्क तोकिएको छ। जेष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था छ। सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ।
प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ– नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने छन्।
गत माघ १ गते देखि बुकिङ्ग खुल्ला गरिएको क्यान इन्फोटेक –२०२५ मा ९० प्रतिशत स्टल बुकिङ्ग भइसकेको छ भने करिब साढे तीन लाख अवलोकनकर्ताले यसको अवलोकन गर्ने अपेक्षा गरिएको छ।

ईन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ गतेसम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म गरी सम्पन्न पनि भइसकेको छ भने बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही ११ देखि जारी छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ ।
क्यान नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ–संस्था र व्यवसायीहरुको छाता संगठन हो । सन् २०१५ मा कम्प्युटर एशोसिएशन नेपाल महासंघमा रुपान्तरित यो संस्था गैर राजनीतिक, गैर नाफामुलक चरित्रको संस्था हो । यसले सूचना तथा सञ्चार प्रविधिसम्बन्धि व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दै आएको छ भने सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजिकरणलगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग पनि दिँदै आएको छ ।































प्रतिक्रिया