सुरू भयाे ‘क्यान इन्फोटेक २०२५’

सुरू भयाे ‘क्यान इन्फोटेक २०२५’

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान)काे आयाेजनामा यो वर्षकाे ‘क्यान इन्फोटेक २०२५’ आजबाट सुरू भएको छ ।

सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निती, रणनीति तथा कानूनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले ३०औं संस्करणको इन्फोटेक सुरु भएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ उपस्थित थिए, मेलाको सुरुवात डिजिटल दीयो बालेर गरिएकाे थियाे ।

क्यानका अध्यक्ष सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा क्यान महासङ्घका पदाधिकारी, विद्यार्थीहरू, सूचना तथा प्रविधिमा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको छ ।

क्यान इन्फोटेक ५ दिन अर्थात् २८ गतेसम्म चल्नेछ । यसको शिर्ष प्रायोजन एचएमसी हिक्सेमी र सह– प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी)बारे चेतना बढाउने अभिप्रायले यो पटक क्यान इन्फोटेक–२०२५ मा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ। सूचना तथा संचार प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ ।

Logo