बेलियो एक्स्पोमा ग्राहकको आकर्षण बढ्दो, आईटीका सामान धेरैको नजरमा

बेलियो एक्स्पोमा ग्राहकको आकर्षण बढ्दो, आईटीका सामान धेरैको नजरमा

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । सागर ग्रुपले आयोजना गरेको एक्स्पोमा ग्राहकको उल्लेखिय सहभागिता देखिएको छ ।

बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा मंगलबारदेखि आयोजित ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ मा नवीनतम प्रविधिमा चासो राख्नेहरूको सक्रिय सहभागिता देखिएको हो ।

आईटीका प्रडक्ट साथै प्रविधिसँग सम्बन्धी सामान एक्स्पोमा राखिएका छन्, जसले अवलोकनकर्ताहरूलाई सहज रूपमा बुझ्ने, किन्ने र प्रत्यक्ष प्रयोगको अनुभव सुनिश्चित गरेको सागर ग्रुपकी उपाध्यक्ष बुद्ध लक्ष्मी मानन्धरले जानकारी दिइन् ।

माघको २९ गतेसम्म सञ्चालन हुने यो एक्स्पोबाट सामानको खरिदमा विशेष छुटको व्यवस्थापन गरिएको छ । छुटले गर्दा पनि उपभोक्ताको घुइँचो बेलियो एक्स्पोमा देखिएको हो । सागर ग्रुपका अनुसार प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र अन्य सामानको खरिद न्यूनतम २० प्रतिशतसम्म छुट दिइएको छ ।

‘एक्स्पोको आज तेस्रो दिन हो, हाम्रो अपेक्षा अनुसार अवलोकनकर्ताहरू आइराख्नुभएको छ, आयोजना अवधिभर हाम्रो छुट कायम हुनुका साथै अवलोकन गर्न आउनेहरुको पनि संख्या बृद्धि हुने अपेक्षा छ,’ उपाध्यक्ष मानन्धरले भनिन् ।

नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा सागर ग्रुपले दिँदै आएको छ । विगत १६ वर्षदेखि ब्रदरका प्रिन्टरहरू बिक्री गर्दै यस ग्रुपले एक्स्पोबाट ब्रदर टोनर बक्स सिरिजअन्तर्गत ६ वटा मोडलका प्रिन्टरको सार्वजनिक गरेको छ ।

तेस्रो संस्करणको यस एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर, एक्स–ल्याब ल्यापटप, क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान राखिएका छन् । एक्स्पोमा प्रविधिसँग सम्बन्धित धेरै विषयहरू समावेश भएकाले यहाँबाट ग्राहकहरूले नयाँ अनुभव लिनसक्ने छन् ।

साना तथा ठूला व्यवसाय र व्यक्तिगत प्रयोगकर्ताहरूको आवश्यकता पूरा गर्नका लागि निकै उपयोगी ब्रदर प्रिन्टर बजारमा निकै लोकप्रिय छन् । यी प्रिन्टरहरूको उपयोगितालाई लिएर विशेषज्ञहरूद्वारा प्रशिक्षणसमेत गरिराखिएको छ ।

एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएको छ । यो कार्यक्रम प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा विकास हुने सागर ग्रुपले जानकारी दिएको छ । नयाँ प्रविधिको प्रयोग र विकासका बारेमा जिज्ञासा राख्नेहरूका लागि यो एक्स्पो अवसरको रूपमा हेरिएको छ ।

Logo