कर छलेको आरोपपछि डिस होमको पत्रकार सम्मेलन

कर छलेको आरोपपछि डिस होमको पत्रकार सम्मेलन

केन्द्रबिन्दु
0
Shares

ग्राहकको संख्या लुकाएर कर छली गर्दै आएको आरोप लागेपछि आइएमई ग्रुप अन्तर्गतको डिस मिडिया नेटवर्कले आज पत्रकार सम्मेलन आयोजना गरेको छ।  कम्पनीले पत्रकार सम्मेलन गर्दै अहिलेसम्म ४ अर्ब १० करोड ९१ लाख राजश्व बुझाएको जानकारी दिएको हो।

डिस होमले कुल कर मध्ये भन्सार कर तर्फ रु ८७ करोड २० लाख ११ हजार, रोयल्टी कर तर्फ रु १९ करोड ३५ लाख ४६ हजार, लाइसेन्स र नविकरण तर्फ रु ४ करोड ६८ लाख ३ हजार, आयकर तर्फ रु ४५ करोड ३० लाख १७ हजार र ग्राहकहरुबाट संकलित टि.डि एस. तर्फ ५३ करोड ४५ लाख रुपैंया आर्थिक बर्ष २०७४/०७५ सम्म बुझाएको डिस होमले जनाएको छ ।

डिस होमले ग्राहक संख्या लुकाएर मासिक करिब ४ करोड रुपैयाँ कर छली गर्दै आएको समाचार बिभिन्न संचारमाध्यममा प्रकाशन भएको थियो।  समाचार प्रकाशन भएसँगै आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले अनुसन्धान थालेको छ ।

Skip This
Skip This
Logo