नेपालमा आरजेडएमका १५ र १६ सिटर ईभी भ्यान सार्वजनिक, यस्ता छन् विशेषता

नेपालमा आरजेडएमका १५ र १६ सिटर ईभी भ्यान सार्वजनिक, यस्ता छन् विशेषता

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नेपाली बजारमा चिनियाँ कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रूपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् ।

ईफाइभ (ई५) सिरिजको १५ सिटर ईभी भ्यानमा ५३.५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ । जसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २५० किलोमिटरको रेन्ज दिन्छ ।

समतल सडकमा भने यसले ३०० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ । डब्लुएलटीपी अनुसार यसको रेन्ज ३०० किलोमिटर छ । ग्राउन्ड क्लियरेन्स २०० एमएम भएको यो भ्यानको पिक पावर १०० किलोवाट र रेटेड पावर ५० किलोवाट छ । जसको टर्क भने ३०० एनएमको रहेको बताइएको छ ।

त्यसैगरी १६ सिटर आरफाइभ (आर५) मोडलमा अझै फराकिलो वही सहितको संरचना छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने दाबी गरिएको छ ।

यस भ्यानमा १२० किलोवाटको पिक पावर दिने मोटर भएकाले उकाली ओरालीमा सहजताका साथ चलाउन सकिने छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३५० एनएम छ । ६० किलोवाटको चार्जर प्रयोग गरी यी भ्यानलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । काठमाडौंदेखि पोखरासम्म गरिएको परीक्षणमा यसले फुल चार्ज गर्दा ५१ प्रतिशत चार्ज बाँकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ ।

१८० एमएम भन्दा धेरै ग्राउन्ड क्लियरेन्स भएको यो ईभी भ्यान लक्जरियस भएकाले लामो यात्राका लागि उपयोगी रहेको कम्पनीको भनाई छ । हाल जेड४, आर४, आर५, आर६ र के सिरिजमा विशेष गरी बिजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेइकल मार्केटका लागि उपयुक्त सवारी कम्पनीले उत्पादन गरिरहेको छ ।

शाङच आरजेडएम अटो सन् २०१६ मा चीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो । यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ ।

नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आरजेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पार्ट्स ल्याउने कार्यसमेत अगाडि बढेकाले ग्राहकहरूलाई बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि कुनै समस्या नहुने दाबी गरिएको छ ।

Skip This
Skip This
Logo