भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, निःशुल्क प्रवेश गर्न मिल्ने 

भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु, निःशुल्क प्रवेश गर्न मिल्ने 

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौं । भृकुटीमण्डपमा आजबाट १०औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनी माघको ११ गतेसम्म सञ्चालन हुनेछ  । 

निर्माण क्षेत्रमा आएका नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको यो प्रदर्शनीको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल गरेका छन् ।

उद्घाटनको क्रममा मन्त्री दाहालले निर्माण सामग्री हेर्न साथै बुझ्न चाहने उपभोक्ताको लागि प्रदर्शनीले फाइदाजनक रहेको बताए । ‘अर्थतन्त्रको खम्बा निजी क्षेत्र हो, आज कैयौं सामान र उद्योग निजी क्षेत्रकै छ, जसलाई सहजीकरण गरी लगानीमैत्री वातावरण मिलाउनमा सरकार लागि रहेको छ,’ उनले भने ।

प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरूका १५० बढी स्टल छन् ।   

प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नवीनतम प्रविधि प्रमुख आकर्षण रहेको छ । प्रदर्शनीमा कन्स्ट्रक्शन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामाग्रीहरू रहेका छन् ।  

प्रदर्शनीमा निर्माणसम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरू रहेको मिडिया स्पेश सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । 

प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने सञ्चालन हुने छ । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास आयोजक टिमले राखेको छ । मेलामा बिल्डिङ कन्स्ट्रक्शन सम्बन्धित सबै कुरा छन्, मेलामा १५० वटा कम्पनीको सहभागी रहेको छ । ३ सय भन्दा बढी ब्राण्ड प्रदर्शनीमा छन्,’ उनले भने । 

प्रदर्शनीले नेपालमा उत्पादन भइरहेका सामग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म लैजान सहयोग पुग्ने विश्वास आयोजकको छ ।

Logo