काठमाडौं । एमजी साइबरस्टरले लन्च हुनुभन्दा अगाडि नै नयाँ रेकर्ड बनाएको छ ।
एमजी मोटर्सले चाँडै नै भारतीय बजारमा एमजी साइबरस्टरलाई नयाँ कारको रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ। । जसलाई इन्डिया बुक अफ रेकर्ड्स र एसिया बुक अफ रेकर्ड्सले पनि प्रमाणित गरेको छ।
सो साइबरस्टरले नयाँ रेकर्ड भारतको राजस्थानको सम्भर तालमा बनाएको हो । सो कारले केवल ३.२ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको थियो ।
कम्पनीले यसमा १०.२५ इन्चको भर्चुअल क्लस्टर, ७ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र ७ इन्चको ड्राइभर टचस्क्रिन प्रदान गरेको छ । साथै यसमा बोस साउन्ड सिस्टम, वाई आकारको स्पोर्ट्स सिट, १९ र २० इन्चको अलोय ह्विल, इलेक्ट्रिक हुड, एन्ड्रोइड अटो, एप्पल कार प्ले जस्ता फिचर प्रदान गरिएको छ।
कम्पनीले एमजी साइबरस्टर इलेक्ट्रिक सुपर कारमा शक्तिशाली ब्याट्री र मोटर प्रदान गरेको छ । यसमा रहेको ब्याट्री पूर्ण चार्ज गरेपछि यसले ५०७ किलोमिटरसम्मको रेन्ज दिन्छ । १४४ किलोवाटको फास्ट चार्जर प्रयोग गरेर ब्याट्री ३८ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीमा जडान गरिएको मोटरले यसलाई ३७५ किलोवाटको पावर र ७२५ एमएमको टर्क दिन्छ। यसको टप स्पिड १९५ किलोमिटर प्रति घण्टा छ । यसमा रियर ह्विल ड्राइभ र अल ह्विल ड्राइभको विकल्प पनि दिइएको छ ।
कम्पनीले जनवरी १७ मा भारत मोबिलिटी २०२५ अन्तर्गत आयोजित अटो एक्स्पो २०२५ मा एमजी साइबरस्टर ईभी प्रस्तुत गरेको थियो । सो कार मार्च २०२५ मा लन्च गर्ने अपेक्षा गरिएको छ । कम्पनीले यसको मूल्य यसको लन्चको समयमा नै सार्वजनिक गर्नेछ ।































प्रतिक्रिया