काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ गर्ने घोषणा गरेको छ । कम्पनीले एभरेष्ट होटलमा आगामी फागुन १५ देखि १८ गते सम्म आयोजना गर्ने घोषणा गरेको गरेको हो ।
न्यु इनर्जी भेइकल्स (एनईभिज) र सस्टेनेबल इनोभेसनसँग भेट हुने एक महत्वपूर्ण अवसर रहेको रुपमा उक्त कार्यक्रमलाई हेरिएको छ । साइमेक्स इंकका अनुसार बीवाईडी हाई–टेक विक २०२५ एउटा प्रदर्शनी मात्र नभई एउटा ल्यान्डमार्क इभेन्ट हुनेछ ।
जसले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउने बताइएको छ । यहाँबाट हाई–टेक इन्टर्याक्टिभ जोन–बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.० बारेमा जानकारी लिन सकिने बताइएको छ ।
ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन–कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिको वारेमा जानकारी लिन सकिने बताइएको छ । यसैगरी स्मार्ट मोबिलिटीको भविष्यको झलक देखाउने गरी रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन गर्न मौका प्राप्त गर्न कम्पनीले बताएको छ ।
पछिल्लो ईभी ट्रेन्ड र एनईभी टेक्नोलोजीको भविष्य वारेमा यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटहरुबाट महत्वपूर्ण जानकारी लिने यो सुनौलो अवसर हुने बताइएको छ ।
अटोमोटिभ उद्योगको भविष्यलाई आकार दिने बीवाईडीका नयाँ एनईभी तथा आगामी दिनमा उपलब्ध हुने इनोभेसन अवलोकन गर्ने पहिलो अवलोकनकर्ता मध्ये एक कम्पनीको विश्वास छ । सबै उमेर समूहलाई उपयुक्त हुने प्रशस्तै क्रियाकलाप हुने पनि साइमेक्स इंकले बताएको छ ।
जसले परिवार मात्र नभई प्रविधिप्रति चासो राख्ने सबैका लागि रोमाञ्चक अनुभव प्रदान हुने विश्वास कम्पनीको छ । बीवाईडी हाई–टेक विक २०२५ का लागि टिकट ई–सेवामा उपलब्ध छ । विद्यार्थीलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको सुविधा उपलब्ध कम्पनीले मिलाएको छ ।





























प्रतिक्रिया