काठमाडौं । बजारमा कार खरिद गर्नचाहने ग्राहकका लागि अब नयाँ खुसी आएको छ । तपाई कार खरिद गर्ने सोचमा हुनुहुन्छ तर बजेटमा समस्या छ भने अब आत्तिनु पर्दैन । किया मोटर्सले हालै भारतीय बजारमा लन्च गरेको आफ्नो नयाँ सब(फोर(मिटर एसयूभी किया सिरोस राम्रो विकल्प हुन सक्छ ।
कियाको सबैभन्दा लोकप्रिय कार मध्ये एक किया सिरोस ५ सिटर कार हो । कम्पनीले यसको मूल्य १० लाख भारु तोकेको छ । कम्पनीले यसमा ६ वटा एयरब्याग दिनका साथै धेरै स्पेस पनि प्रदान गरेको छ । जबकि यस्ता विशेषता भएका अन्य कारको मूल्य २० लाख देखि २५ लाख भारु सम्म पर्छ ।
यसमा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ५ इन्चको क्लाइमेट कन्ट्रोल टचस्क्रिन, एम्बियन्ट लाइटिङ, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८-स्पिकर हरमन कार्डन साउन्ड सिस्टम, प्यानोरामिक सनरूफ र वायरलेस फोन चार्जर जस्ता फिचर प्रदान गरिएको छ ।
साथै सेफ्टीका लागि यसमा लेभल-२ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम, फ्रन्ट र रियर पार्किङ सेन्सर, ३६०-डिग्री क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल र इलेक्ट्रोनिक पार्किङ ब्रेक जस्ता फिचर रहेको छ ।
किया सिरोसमा मोबाइल कनेक्टिभिटी पनि छ, जसलाई अपडेट गर्नका लागि शोरूम पनि जानु पर्दैन । घरमै बसेर आफ्नो मोबाइलबाट यसका सबै फिचर अपडेट गर्न सकिन्छ । सो कार पूर्ण रूपमा डिजिटल छ र यसको हरेक विशेषता डिस्प्लेमा देखिन्छ































प्रतिक्रिया