काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन ७ सयले घटेको हो । आज सुन ९० हजारमा कारोबार भइरहेको छ । आइतबार पनि सुन ६ सयले घटेको थियो ।
गत हप्ता पनि सुनको मूल्यमा गिरावट आइरहेको थियो । साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । बुधबार पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार पनि त्यहि मूल्यमा कारोबार भएको सुन शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५५० कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले घट्दै १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया