बुटवलमा दिपलको नयाँ सोरुमको शुभारम्भ

बुटवलमा दिपलको नयाँ सोरुमको शुभारम्भ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । चांगान तथा दिपल ईभीको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले बुटवलमा नयाँ सोरुमको शुभारम्भ गरेको छ ।

लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम संचालनमा ल्याइएको हो । सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ र जेनस मोटर्सका प्रबन्ध निर्देशक क्षेत्रकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए ।

यसै अवसरमा एमएडब्लु वृद्धिले भैरहवास्थित मौर्य होटलबाट बिहीबारबाट तीन दिनका लागि ‘टेस्ट ड्राइभ द फ्युचर’ नाम दिइएको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प पनि सुरु गरेको छ । यस अवधिमा लुम्बिनी प्रदेशका इभी प्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीहरु दिपल ई०७, दिपल एस०७ र दिपल एल०७ को टेस्ट ड्राइभ गर्न सक्नेछन् ।

टेस्ट ड्राइभ क्याम्पमा ग्राहकले निशूल्क डाइमण्ड कोटिङ, निशूल्क ७ किलोवाट चार्जर र एसेसोरिज, आकर्षक क्यास डिस्काउन्ट तथा टप रिकन्डिसन हाउसबाट पुरानो गाडीको उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस पनि पाउने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo