चैतारीको आइपीओ शुक्रबार, सवा २ लाखले नपाउने

चैतारीको आइपीओ शुक्रबार, सवा २ लाखले नपाउने

केन्द्रबिन्दु
0
Shares

चैतारी लघुवित्तले सार्वजनिक गरेको आइपीओ शुक्रबार वितरण हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले गोलाप्रथाबाट आइपीओ वितरण गर्ने जनाएको छ ।

चौतारीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो।  जसमा २ लाख ७३ हजार ५०० जना भन्दा बढीले आवेदन दिएका छन् । करिब १ अर्ब ७१ करोड रुपैयाँ बराबरको १ करोड ७१ लाख कित्ताका लागि आवेदन परेको छ । माग भन्दा ३०.४९ गुणा बढी आवेदन परेकाले २ लाख १७ हजार जनाले शेयर नपाउने निश्चित भएको छ।

कुल ५६ हजार ७० जना सर्वसाधारण लगानीकर्ताले मात्रै चौतारीको आइपीओ पाउने छन् । चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

Skip This
Skip This
Logo