रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक

रियलमी नोट ६० र नोट ६० एक्स नेपालमा सार्वजनिक

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । सर्वाधिक विश्वसनीय ब्रान्ड रियलमीले रियलमी नोट ६० र रियलमी नोट ६० एक्स नेपालमा सार्वजनिक गरेको छ ।उत्कृष्ट मजबुती र सहज प्रदर्शनको लागि डिजाइन गरिएका यी स्मार्टफोनहरूमा लामो समयसम्म टिक्ने ब्याट्री रहेको छ ।

यसबारे बोल्दै रियलमी नेपालका ब्रान्ड म्यानेजर काजोल झाले भने, “रियलमी नोट ६० र नोट ६० एक्सको लन्चसँगै हामी अत्याधुनिक प्रविधि र च्याम्पियन स्तरको गुणस्तर नेपाली ग्राहकहरूलाई किफायती मूल्यमा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः उजागर गर्दैछौं । यी स्मार्टफोनहरूले मजबुती, प्रदर्शन र नवीनताको संयोजन प्रदान गर्दै प्रयोगकर्ताहरूलाई सहज अनुभव सुनिश्चित गर्नेमा हामी विश्वस्त छौँ।”

रियलमी नोट ६० : च्याम्पियन क्वालिटी
लामो समय टिक्ने शक्ति

युनिसोक टी ६१२ प्रोसेसरद्वारा संचालित रियलमी नोट ६० ले २५२,५९७ एन्टुटु बेन्चमार्क स्कोर प्राप्त गरेको यो स्मार्टफोनले गर्दा गेमिङ, मल्टिटास्किङ र सामान्य कार्यहरूमा स्मूथ र सहज अनुभव प्रदान गर्छ । साथमा एआई बुस्ट इन्जिनको सहायताले यसको प्रदर्शनलाई अझ प्रभावकारी बनाउँछ ।

दिनभर टिक्ने ब्याट्री
रियलमी नोट ६० मा ५००० एमएएचको शक्तिशाली ब्याट्री छ जसले ३० घण्टाभन्दा बढी भ्वाइस कलिंग सुनिश्चित गर्छ भने १००० चार्ज साइकलपछि पनि ८०% ब्याट्री हेल्थ कायम रहने भएकाले यो स्मार्टफोन लामो समयसम्म टिकाउ हुने कमपनीले जानकारी दिएको छ । ४८–महिनासम्मको स्मूथ पर्पmर्मेन्स ग्यारेन्टीसँगै नोट ६० यो सेगमेन्टकै सबैभन्दा टिकाउ फोनमध्ये एक हो ।

सहज प्रदर्शन
४+८ जीबीको डायनामिक ¥याम सपोर्ट गर्ने रियलमी नोट ६० ले छिटो र प्रतिक्रियात्मक मल्टिटास्किङ अनुभव प्रदान गर्छ । १२८ जीबी रोम र २ टीबी माइक्रो एसडी कार्ड सपोर्टसहित प्रयोगकर्ताहरूले आफ्ना कन्टेन्टहरु निश्चिन्त भएर स्टोर गर्न सक्नेछन् ।

अत्याधुनिक क्यामेरा प्रविधि
३२ मेगापिक्सेलको सुपर क्लियर क्यामेरा र नाइट मोड सहितको यो स्मार्टफोनले कम लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्न सक्छ । ६.७४–इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्लेले सहज भिजुअल अनुभव प्रदान गर्छ जसमा ५६०–निट्स पीक ब्राइटनेस र आई कम्फर्ट मोड जस्ता सुविधाहरू उपलब्ध रहेका छन् ।

अल्ट्रा–रिलाएबल डिजाइन
रियलमी नोट ६० टिभी राइनल्याण्ड उच्च विश्वसनीयता प्रमाणीकरण प्राप्त स्मार्टफोन हो जसले गर्दा दैनिक प्रयोगमा पर्ने दबाब यसले सहजै सहन सक्छ । आईपी ६४ डस्ट एण्ड वाटर रेसिस्टेन्स, आर्मरशेल प्रोटेक्सन र रेनवाटर स्मार्ट टच टेक्नोलोजी सहितको यो स्मार्टफोन चुनौतीपूर्ण अवस्थाहरूमा पनि उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।

रियलमी नोट ६० एक्सः बिल्ट टु लास्ट
मजबुत डिजाइन र उत्कृष्ट प्रदर्शन
रियलमी नोट ६० एक्स आईपी ५४ डस्ट एण्ड वाटर रेजिस्ट्यान्स, आर्मरशेल प्रोटेक्सन र ४८–महिनासम्मको स्मूथ परफर्मेन्स ग्यारेन्टी सहित लामो समय टिक्न डिजाइन गरिएको स्मार्टफोन हो । यसमा रहेको युनिसोक टी ६१२ प्रोसेसरले सहज गेमिङका साथमा दैनिक कार्यहरूमा पनि उत्कृष्ट प्रदर्शन प्रदान गर्छ ।

अत्याधिक टिकाउ ब्याट्री
५००० एमएएचको विशाल ब्याट्री रहेको रियलमी नोट ६० एक्सले ४८ दिनसम्म स्ट्यान्डबाइ टाइम दिन्छ । १००० चार्ज साइकलपछि पनि ८०% ब्याट्री हेल्थ कायम रहने कम्पनीले जनाएको छ ।

ल्याग फ्रि र अल्ट्रा स्मूथ प्रदर्शन
डायनामिक ¥याम मार्फत १२ जीबीसम्म विस्तार गर्न सकिने यो स्मार्टफोनले जुनसुकै कार्यमा उच्च गति र प्रतिक्रियात्मक अनुभव प्रदान गर्छ । २ टीबी माइक्रोएसडी कार्ड सपोर्टले प्रयोगकर्ताहरूलाई प्रशस्त स्टोरेज स्पेस उपलब्ध गराउँछ ।

लिविड स्मूथ भिजुअल अनुभव
रियलमी नोट ६० एक्समा ६.७ इन्चको ९० हर्ज आई कम्फर्ट डिस्प्ले छ जसले सहज स्क्रोलिङ र टच सेन्सिटिभिटी प्रदान गर्छ । १८० हर्ज टच स्याम्प्लिङ रेट र ५६०–निट्स पीक ब्राइटनेस सहित यसले उत्कृष्ट दृश्य अनुभव दिन्छ ।

सजिलो, हल्का र स्टाइलिश डिजाइन
७.८४ मिलिमिटरको मोटाइ, १८७ ग्राम तौल र स्ट्रेट–एज मिडल फ्रेम डिजाइन रहेको रियलमी नोट ६० चलाउन निकै सहज छ ।

उपलब्धता तथा मूल्य
रियलमी नोट ६० को ६+१२८ जीबी भेरियन्ट रु.१६,४९९ मा उपलब्ध छ भने रियलमी नोट ६० एक्स को ४+६४ जीबी भेरियन्ट रु.१३,४९९ मा उपलब्ध छ । यी दुवै स्मार्टफोनहरू नेपालभरका सबै आधिकारिक रियलमी रिटेल बिक्रेताहरू मार्फत आजैदेखि खरिद गर्न सकिनेछ ।

Skip This
Skip This
Logo