जोशी हाइड्रोपावरको आइपीओ सबैले पाए, कसले कति ?

जोशी हाइड्रोपावरको आइपीओ सबैले पाए, कसले कति ?

केन्द्रबिन्दु
0
Shares

जोशी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ मंगलबार बाँडफाँड भएको छ ।

सिद्धार्थ क्यापिटलले आज पत्रकार सम्मेलन गर्दै आइपीओको नतिजा सार्वजनिक गरेको हो।  आइपीओका लागि ८३ हजार ७३६ जनाले आवेदक दिएकोमा सबैले न्यूनतम १० कित्ता पाएका छन् । बाँकी शेयरक लागि पुन: गोलाप्रथा गर्दा ७६ हजार १२२ जनाले २० कित्ता शेयर पाएका छन्।

क्यापिटलले कुल १० हजार ६३० कित्ताका लागि परेको ३४ जनाको आवेदन रद्द भएको जनाएको छ ।  कम्पनीले मंसिर १६ गतेदेखि १६ लाख ९० हजार ४७० कित्ता आइपीओ बिक्री खुला गरेको थियो  । कम्पनीले ५० हजार ७१४ कित्ता ९३५० कर्मचारी र ८४ हजार ५२३ कित्ता ९५५० कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको थियो । यसबाट बाँकी रहेको १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरेको हो ।

कम्पनीले इलाम जिल्लामा अपर पुवा–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले आव २०७६/७७ मा १ करोड ८९ लाख र आव २०७७/७८ मा २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

Skip This
Skip This
Logo