केरूङ-काठमाडौं रेलबारे नेपाल-चिनियाँ अधिकारीबीच आज वार्ता

केरूङ-काठमाडौं रेलबारे नेपाल-चिनियाँ अधिकारीबीच आज वार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केरूङ-काठमाडौं रेलमार्गबारे आज नेपाल र चिनियाँ अधिकारीहरूबीच वार्ता हुँदैछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ११ बजे हुने वार्तामा दुबै देशका दुई दर्जन बढी अधिकारीहरू सहभागी हुनेछन्।

नेपाली पक्षको नेतृत्व मन्त्रालयका सचिव मधुसुदन अधिकारीले गरेका छन् । वार्ताका लागि चीनको राष्ट्रिय रेल प्रशासनका १५ जना अधिकारीहरू आइतबार नेपाल आएका छन्। वार्तामा यसअघि चिनियाँ पक्षले गरेको रेलमार्गको पूर्वसम्भाव्यता बारे विस्तृत प्रतिवदेन दिने बताइएको छ।

प्रारम्भिक अध्ययनको रिपोर्टमा ७२.२५ किलोमिटर लामो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब रूपैयाँ लाग्ने र ९ वर्षमा बनाउन सकिने उल्लेख गरिएको थियो। आज वार्ता सकेर चिनियाँ टोली केही दिन फिल्ड भिजिटका लागि रसुवागढी र पोखरा पनि जाने कार्यक्रम छ।

Logo