काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागज उद्योगले नेपालको औद्योगिक यात्रामा नयाँ अध्याय थपेको दाबी गरेका छन् ।
आइएमई ग्रुपको २ अर्ब लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं १, रामनगरमा खुलेको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालिको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले बैंक, बीमा, रेमिट्यान्स, पर्यटन पूर्वाधार, सूचना प्रविधि तथा जलविद्युत जस्ता अर्थतन्त्रका प्राथमिकताका क्षेत्रमा योगदान गर्दै आएको आइएमई ग्रुपले अब उत्पादनमूलक उद्योगमा प्रवेश गरेको र यो मुलुकको औद्योगिक पुनर्जागरणको संकेत भएको पनि बताए । मुलुकको विकासका लागि प्रयोगमा आएको कागजलाई प्रशोधन गरी नयाँ कागज बनाउने उनले बताए ।
मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि र दिगो औद्योगिक विकासको दिशामा यो महत्त्वपूर्ण कदम रहेको अध्यक्ष ढकालको भनाइ छ ।
साथै पाथीभरामा बन्न लागेको केवलकारमा भएको अवरोधको विषय उठान गर्दै उनले पूर्वाधार विकासमा राजनीति नगरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे । प्रकृतिले दिएको अपार सम्भावनालाई सदुपयोग गरेर मुलुकको अर्थतन्त्रमा परिवर्तन ल्याउन सकिने उनले बताए ।































प्रतिक्रिया