टीसीएल नेपालले सुरु गर्‍यो निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

टीसीएल नेपालले सुरु गर्‍यो निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै टीसीएल नेपालले ग्राहकहरूलाई नि:शुल्क एसी सर्भिस, एक्स्चेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको छ। यो अभियान फाल्गुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन हुनेछ।

योजनाका प्रमुख सेवा र सुविधाहरू:

नि:शुल्क एसी सर्भिस: कुनै पनि ब्रान्डको एसीको नि:शुल्क जाँच र सर्भिसिङ (सेवा शुल्क रहित*)।

एक्स्चेन्ज सुविधा:

पुरानो एसी साट्दा विगतभन्दा ५० प्रितशतसम्म बढी मूल्याङ्कन। साथै, नयाँ टीसीएल एसी खरिद गर्दा २० प्रितशतसम्मको ग्रान्ड छुट।

नि:शुल्क इन्स्टलेशन:

नयाँ एसीमा ४ हजार रूपैयाँ बराबरको नि:शुल्क स्थापना सेवा।

२ वटा नि:शुल्क सेवा कुपन:

मूल्य ३ हजार रूपैयाँसम्मको सेवा कुपन (एक्स्चेन्ज गर्ने ग्राहकहरूका लागि)।

रजिस्ट्रेशन प्रक्रिया:

ग्राहकहरूले यस अभियानमा सहभागी हुन टोल-फ्री नं. १६६-००-१००-२११, १६६-००-१०२-२११ वा ०१-५९७०२११ मा सम्पर्क गर्न वा आधिकारिक वेबसाइट https://cgelex.com/ मा गई आफ्नो पुरानो एसीको मूल्य आँकलन गर्न सक्नेछन्। रजिस्ट्रेशन पछि टीसीएलको टेक्निसियनले ग्राहकको घरमै पुगी सेवा प्रदान गर्नेछन्।

अतिरिक्त लाभ:

एसी मर्मत गर्दा स्पेयर पार्ट्समा ५० प्रितशतसम्म छुट।

सूचना र सर्तहरू:

सेवा सुविधा कम्पनीका नियम र शर्तहरूमा आधारित छ। अभियान सीमित अवधिको लागि मात्र लागू हुनेछ।

टीसीएल नेपालले ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पुर्‍याउन सदैव अग्रसर रहेको छ। यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पुर्याउने विश्वास व्यक्त गरेको छ।

Logo