भरतपुर । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै भरतपुरकाे विकास चोकमा अत्याधुनिक शोरुम उद्घाटन गरेको छ ।
प्रमुख अतिथिको रूपमा उपस्थित उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरेका हुन् । पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यो शोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।
समारोहलाई सम्बोधन गर्दै कजारियाका राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ शोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, “भरतपुर कजारियाका लागि महत्त्वपूर्ण बजार हो, र यो शोरुमले हामीलाई हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ। हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र राम्रो गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।”
भरतपुरको महत्वपूर्ण क्षेत्रमा रहेको यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लैजाने कम्पनीको विश्वास छ ।
प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।





























प्रतिक्रिया