काठमाडौं । एनआईसी एसिया क्यापिटलले दुई वटा उत्कृष्ट प्रडक्टको सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै क्यापिटलले डायस्पोरा अकाउन्ट सोलुसन र अफर फर सेल प्ल्याटफर्म प्रडक्टको सार्वजनिक गरेको हो ।
यी प्रडक्टमा समावेश योजनामा विदेशमा रहेका नेपालीहरू समेत सहभागी हुन सकिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिए । क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरूलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
सोही सेवालाई थप परिस्कृत गर्ने क्रममा क्यापिटलले ‘वान–स्टप सोलुसन’ सेवा उपलब्ध गराउने उद्देश्यका साथ डायस्पोरा खाता सेवा सञ्चालनमा ल्याएको हाे । यो सेवा गैर–आवासीय नेपाली तथा विदेश बसेका नेपालीले आफ्नो व्यवसाय स्थापना वा विस्तार गर्ने क्रममा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरू यस क्यापिटलमार्फत गर्न सकिने व्यवस्था मिलाएको बताइएको छ ।
उक्त सेवाले लगानीकर्ताहरूलाई एकीकृत रूपमा वित्तीय, कानूनी र कम्पनी सञ्चालनको क्रममा आवश्यकता अनुसारको सम्पूर्ण सहयोग गर्ने क्यापिटलले जानकारी दिएको छ । नेपालमा आर्थिक वृद्धिलाई बढावा दिँदै गैर–आवासीय नेपालीहरू र विभिन्न देशमा छरिएर रहेका नेपालीहरूको व्यापार व्यवसाय स्थापना तथा सञ्चालनको लागि यसले सहजीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सीईओ रायमाझीले बताए ।
डायस्पोरा अकाउन्ट सोलुसन योजनामा लन्च प्याड, ग्रोथ क्याटलिस्ट, क्यापिटल एज र इन्साइट ३६० रहेका छन् । यस्तै, अफर फर सेल प्ल्याटफर्म प्रडक्टमा कमन प्ल्याटफर्म, स्ट्रीमलाइन्ड प्रोसेस, इन्क्रिज्ड एक्सेसबिलिटी र इन्हान्स मार्केट लिक्विडिटी विशेषता रहेका छन् । कम्पनी स्थापना वा विस्तार, आईपीओ निष्काशन गर्नेदेखि धितोपत्रको दोस्रो बजारमा सूचीकरण गरी शेयरधनी विवरण अद्यावधिक गरी राख्नेसम्मको कार्य एकीकृत यसबाट लिन सकिने पनि बताइएको छ ।





























प्रतिक्रिया