सुनको मूल्य ६ सयले घट्यो, कति छ आज ?

सुनको मूल्य ६ सयले घट्यो, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन ६ सयले घटेको हो । आज सुन ९० हजार ७०० मा कारोबार भइरहेको छ ।

गत हप्ता पनि सुनको मूल्यमा गिरावट आइरहेको थियो । साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । बुधबार पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयमा कारोबार भएको थियो । विहिबार पनि त्यहि मूल्यमा कारोबार भएको सुन शुक्रबार ९१ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९० हजार ७०० र तेजाबी सुनको मूल्य ९० हजार २०० कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Logo