जोशी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

जोशी हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

गत मंसिर १६ गतेदेखि खुला गरेको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको  आइपीओ भर्ने म्याद आज (बुधबार) सकिंदै छ ।

आईपिओमा तेस्रो दिनसम्ममा ४१ करोड ३७ लाखको आवेदन परेको छ । बिक्रि प्रबन्धक सिद्दार्थ क्यापिटलले तेस्रो दिन मंगलबारसम्म ५६ हजार १ सय ५५ जना आवेदकबाट ४१ लाख ३७ हजार ९ सय ९० कित्ताको लागि आवेदन परेको जनाएको छ । यो कुल निष्काशनको २.४४ गुणा बढी हो  ।  आईपिओमा तेस्रो दिन सबै भन्दा धेरै १६ लाख ८ हजार ४ सय ७० कित्ताको लागि आवेदन परेको हो  । पहिलो दिन १० लाख ४० हजार र दोस्रो दिन १४ लाख ८९ हजार ५ सय २० कित्ताको लागि आवेदन परेको थियो  ।

कम्पनीले स्थानीय बासिन्दालाई शेयर निष्काशन गर्दा बिक्रि नभएको दुई लाख ४२ हजार १० कित्ता समेत जोडेर कम्पनीले सर्वसाधारणहरुलाई १६ लाख ९० हजार ४७० कित्ता शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको सेयरमध्ये ३ प्रतिशत अर्थात् ५० हजार ७ सय १४ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ८४ हजार ५ सय २३ कित्ता सामुहिक लगानीलाई छुट्याइएको छ ।

बाँकी रहेको १५ लाख ५५ हजार २ सय ३३ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

Skip This
Skip This
Logo