पोखरा । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि पोखरा-छेन्दु सिधा उडान सुरु गरेको छ । लामो समयदेखि पोखरेलीको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक उडान सुरु भएकाे हाे ।
सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३९१ मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे, १२८ जना चिनियाँ पर्यटक बोकेर आएकाे उक्त विमान पोखराबाट १२६ जना लिएर छेन्दु प्रस्थान गरेको छ । पोखराबाट उक्त विमानमा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा जनप्रतिनिधि, पर्यटन व्यवसायी लगायत गएका हुन् ।
उक्त विमान हप्तामा एक पटक पोखरा आउजाउ गर्ने सिचुवान एयरलाइन्सले जनाएको छ । एयरलाइन्सले आगामी १० हप्तासम्म उडान तालिका बनाएको छ । त्यसपछि व्यवसाय हेरेर नियमित उडान गर्ने एयरलाइन्सको तयारी छ । चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडानपछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको हाे ।































प्रतिक्रिया