जनधनको क्षति कम गर्ने विषयमा जोड रहने नवनियुक्त कार्यकारी प्रमुख भट्टकाे प्रतिबद्धता

जनधनको क्षति कम गर्ने विषयमा जोड रहने नवनियुक्त कार्यकारी प्रमुख भट्टकाे प्रतिबद्धता

केन्द्रबिन्दु
165
Shares

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले मंगलबार पदभार ग्रहण गरेका छन् ।

कार्यकारी प्रमुख भट्टलाई निवर्तमान कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले प्राधिकरणमा स्वागत गरेका हुन् । प्राधिकरणमा आयोजित स्वागत कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै कार्यकारी प्रमुख भट्टले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणका प्रयासमार्फत जनधनको क्षति कम गर्न आफ्नो जोड रहने बताए ।

त्यसका लागि प्राधिकरणमा पर्याप्त जनशक्ति व्यवस्थापन गर्नेतर्फ आफ्नो ध्यान रहने उनले उल्लेख गरे ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भट्टलाई प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

Skip This
Skip This
Logo