काठमाडौँ
परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर तीन महिना यताकै कमजोर भएको छ । नेपाली रुपैयाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने अपेक्षा गरिएको छ ।
कमजोर डलरका कारण आयातित सामान सस्तोमा पाइने सम्भावना बढेको छ । यसले उपभोक्तालाई राहत पुग्नेछ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि एक अमेरिकी डलर बराबर एक सय १२ रुपैयाँ ७० पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय १३ रुपैयाँ ३० पैसा तोकेको थियो ।
नेपाली रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो। नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्स्ड पेग) भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ ।
राष्ट्र बैंक विदेशी विनिमय विभागका प्रमुख भीष्मराज ढुंगानाले भारत आफ्नो मुद्रा बलियो बनाउने अभियानमा लागेकाले डलरको भाउ कमजोर भएको हो । ‘भारतले आफ्नो मुद्रालाई बलियो बनाउँदै छ,’ उनले भने, ‘भारत बाहेक अन्य मुलुकको मुद्रा पनि बलियो हुँदै गएका कारण डलर कमजोर बन्न पुगेको हो ।’
भारतीय मुद्रा बलियो हुनुलाई भारतको अर्थतन्त्र मजबुत हुँदै गएको संकेतका रुपमा लिन सकिने पनि ढुंगानाको भनाइ छ । गत असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नु परेको थियो । त्यसपछि डलर निरन्तर कमजोर हुँदै गएको छ । ‘एक अमेरिकी डलर बराबर ११९ रुपैयाँसम्म पुगेको थियो, त्यसरी बढेको डलरको भाउ ११२–१३ रुपैयाँमा आउनु भनेको नेपाललाई प्रतिडलर करिब ६ रुपैयाँ फाइदा हुनु हो ।
नागरिकबाट































प्रतिक्रिया