काठमाडौं । रोयल इनफिल्डले एड्भेन्चर मोटरसाइकल ‘हिमालयन ४५०’ एकैपटक १२ युनिट डेलिभरी गरेको छ ।
नक्सालस्थित शोरुममा पञ्चेबाजा सहित एक विशेष कार्यक्रम आयोजना गरी आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्स प्रालिले किङफिसर एड्भेन्चर प्रालिलाई मोटरसाइकल हन्तान्तरण गरेको हो । उक्त मोटरसाइकलको मूल्य नेपाली बजारमा ९ लाख ८९ हजार ५०० देखि १० लाख ३९ हजार ५०० रुपैयाँसम्म पर्छ ।
४५२ सिसी क्षमताको नयाँ शेर्पा इन्जिन राखिएको छ । जसको अधिकमत पावर ४० पिएस र टर्क पनि ४० एनएम नै छ ।
नेपाल भित्रिएको छोटो समयमै बजारमा आफ्नो स्थान बनाउन सफल हिमालयन ४५० विशेषगरी, युवा राइडरमाझ लोकप्रिय छ । यो मोटरसाइकल हालसम्म २०० बढी यूनिट बिक्री भैसकेको छ ।





























प्रतिक्रिया