पानीमा पनि फोटो र भिडियो खिच्न सकिने ‘ओप्पो ए फाईभ प्रो’ सार्वजनिक, अरु के–के छन् फिचर ?

पानीमा पनि फोटो र भिडियो खिच्न सकिने ‘ओप्पो ए फाईभ प्रो’ सार्वजनिक, अरु के–के छन् फिचर ?

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेपाली बजारमा चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोको नयाँ मोडेल ‘ओप्पो ए फाइभ प्रो’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रममार्फत नेपालको लागि ओप्पोको कम्पनीले ‘ए’ सिरिजको नयाँ लाइनअप सार्वजनिक गरेको हो ।

विशेषगरी टिकाउ र उच्च प्रदर्शन चाहने प्रयोगकर्ताका लागि लक्षित गरी यो फोन ल्याइएको कम्पनीले जनाएको छ । पानी तथा धूलोमा सुरक्षित राख्न यो फोनले आईपी ६९ रेटिङ पाएको छ भने कठिन वातावरणबाट बच्न ग्रेड शक प्रमाणपत्र प्राप्त गरेको छ । फोन आईपी ६९ वाटर तथा डस्ट रेसिस्टेन्ट र मिलिटरी ग्रेड शक रेसिस्टेन्ट रहेको छ । जसका कारणले यो फोनको प्रयोग गरी लामो समयसम्म पानीमा उच्च गुणस्तरको फोटो र भिडियो खिच्न सकिनेछ ।

सुपरभोक चार्जिङ सपोर्ट गर्ने फोनले १९ मिनेटमा ३० प्रतिशत चार्ज गर्ने कम्पनीको दावी छ । यसमा ५० मेगापिक्सले अल्ट्रावाइड मेन क्यामेरा, २ मेगापिक्सेलको पोट्रेट क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।

साथै फोनमा भएको बिकन लिंक सुविधाले २४० मिटरसम्म सीम र इन्टरनेट बिना पनि अन्य ओप्पोका फोनमा सम्पर्क गर्न सकिने छ । इन्टरनेट र नेटवर्कको सुविधा नभएको क्षेत्रमा पनि अन्य ओप्पोका फोनमा सम्पर्क गर्न सकिने यो फिचरले प्रयोगकर्तालाई आपत्कालिन अवस्थामा सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।

कमजोर सिग्नलको क्षेत्रमा पनि कनेक्टिभिटीलाई सुनिश्चित गर्न फोनमा ‘एआई लिंकबुस्ट’ र बेकनलिंक’ जस्ता प्रविधि राखिएको कम्पनीले जनाएको छ । एआई गेमबुस्टले गेमिङ अनुभवलाई स्मूथ बनाउँछ, र ब्याट्री को साथ फ्ल्याश चार्ज प्रविधिले लामो समयसम्म ऊर्जा सुनिश्चित गर्छ ।

क्वालकम स्न्यापड्रागन सिक्स एस जेन थ्री मोबाइल प्लेटफर्मबाट सञ्चालित फोन ८ जीबी र्याम तथा २५६ जीबी स्टाेरेजमा उपलब्ध छ ।

चाहे बाहिरी यात्रा गर्दा होस्, गेमिङ होस् वा मनोरञ्जन ‘ओप्पो ए फाईभ प्रो’ भरपर्दो र उच्च प्रदर्शनयुक्त स्मार्टफोनको रूपमा उदाएको छ । यसमा ५,८०० एमएएचको ठुलो ब्याट्री छ, जसका लागि कम्पनीले ४५ वाटको सुपरभोक प्ल्याश चार्जर दिनेछ । १ हजार निट्स अल्ट्रा ब्राइट डिस्प्ले भएका कारण सूर्यको प्रकाशमा पनि सजिलै फोन चलाउन सकिने कम्पनीको भनाइ छ ।

यसमा गुणस्तरिय अडिओ अनुभवका लागि ड्युल स्टेरियो स्पिकर र अल्ट्रा भोल्युम मोड दिइएको छ । मोचा ब्राउन र ओलिभ ग्रीन गरी दुई रंगमा उपलब्ध फोनको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले भोलि (शनिबार)देखि २४ मार्चसम्म यो फोनको प्रि-बुकिङ खुलाउने भएको छ भने बजारमा २५ मार्चदेखि उपलब्ध गराउने छ । प्रि–अर्डर गर्दा १ हजार रूपैयाँ क्यासब्याक गर्न पाइने छ । ईएमआईमा समेत यो फोन खरिद गर्न सकिने छ ।

Skip This
Skip This
Logo