काठमाडौं । नेपालीको डेरी उद्योगमा आफ्नो अग्रणी स्थान बनाउँदै आएको डेलिन डेरीजले उपभोक्ताहरूलाई नवीन स्वादको अनुभव गराउन आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसअघि ग्रीक योगर्ट प्रस्तुत गर्दै नवीनताको परिचय गराएको यो संस्थाले एक कार्यक्रमको आयोजना गर्दै नयाँ उत्पादन बजारमा आएको जानकारी दिएको हो ।
नयाँ उत्पादनहरूमध्ये फ्लेवरएड दूध र मिल्कशेकहरू प्रमुख आकर्षणका रूपमा रहेका कम्पनीले बताएको छ । फ्लेवरएड दूधमा केसर र बदामको परम्परागत स्वाद समेटिएको छ । जसले उपभोक्तालाई स्वादका साथै पोषण प्रदान गर्ने डेलिन डेरीज जानकारी दिएको छ ।

कम्पनीका अनुसार मिल्कशेकहरूमा हेजलनट चकलेट, बनाना हनी सिनामोन, र कोल्ड कफी जस्ता आकर्षक विकल्पहरू उपलब्ध छन् । केसर बदाम स्वादयुक्त दूधमा केसर र बदामको उत्कृष्ट मिश्रणले पोषणमा थप नयाँ आयामको प्रदान गर्छ ।
उपभोक्ताहरूलाई स्वादिष्ट र सन्तोषजनक अनुभव दिनका लागि प्रत्येक मिल्कशेक विशेषरूपमा तयार पारिएको डेलिन डेरिजको भनाई छ । डेलिन डेरीजले उत्पादन प्रक्रियामा उच्चस्तरको सरसफाई र गुणस्तर मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ ।

डेलिन डेरीजले उत्कृष्ट उत्पादनहरू सिर्जना साथै स्थानीय किसानहरूको आर्थिक वृद्धि प्रवर्द्धन गर्न नैतिक स्रोत र सामुदायिक संलग्नतालाई पनि प्राथमिकता दिँदै आएको प्रबन्ध निर्देशक सन्दिप पौडेलले बताए ।
‘ईलामको फिकलबाट विभिन्न प्रकारका गुणस्तरीय चिज ल्याएर हामीवले यस्ता प्रडक्ट तयार गर्ने हो, भविष्यमा दुग्ध उत्पादनमा नवीनता ल्याई उच्च मापदण्ड कायम गरी डेलिशलाई नेपालमा गुणस्तर र उत्कृष्टताको प्रतीक बनाउने हाम्रो उद्देश्य हो,’ उनले भए।

सन् २०१८मा तीन उद्यमी सुर्य कार्की, सन्दिप पौडेल र विनय बोगटिले स्थापना गरेको डेलिन डेरीजले प्राकृतिक सामग्री र स्थानीय रूपमा उत्पादित ताजा दूध प्रयोग गरी उच्च गुणस्तरीय डेरी उत्पादनहरू बजारमा ल्याउँदै आएको छ ।






































प्रतिक्रिया