काठमाडौं । मनोज ज्ञवाली नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन्।
नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा भूमिका निर्वाह गर्दै आएका ज्ञवालीलाई बुधबार बसेको बैंकको ६७७औं सञ्चालक समिति बैठकले कामु सिइओमा बढुवा गरेको हो ।
बैंकिङ र अडिटिङ क्षेत्रमा सक्रिय चार्टर्ड अकाउन्टेन्टसमेत रहेका ज्ञवाली दुई दशकदेखि यस क्षेत्रमा आबद्ध छन्। उनीसँग पाँच वर्ष नेपाल राष्ट्र बैंकमा काम गरेको पनि अनुभव छ । त्यसपश्चात् सात वर्ष ग्लोबल आइएमई बैंकमा बिताएका उनले त्यहाँ रहँदा ब्राञ्च म्यानेजरका अलावा चिफ फाइनान्सियल अफिसर र चिफ अपरेटिङ अफिसर जस्तो महत्वपूर्ण जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।
त्यसपछि ज्ञवालीले ग्लोबल आइएमई क्यापिटलमा संचालक तथा प्रबन्ध संचालकदेखि दुई वर्ष डिसिईओ र दुई वर्ष सिईओ भएर ज्योति विकास बैंकको नेतृत्व पनि गरेका छन् ।
बैठकले सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको राजीनामा समेत स्वीकृत गरेको छ।





























प्रतिक्रिया