सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज (सोमबार) बाँडफाँड गरेको छ।   लघुवित्तको सेयर निष्काशक तथा बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको हात्तिसार स्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो। "/>

सामुदायिक लघुवित्तको आइपीओ बाँडफाँड, २ लाख जनाको हातमा लाग्यो शुन्य

सामुदायिक लघुवित्तको आइपीओ बाँडफाँड, २ लाख जनाको हातमा लाग्यो शुन्य

केन्द्रबिन्दु
0
Shares

सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ आज (सोमबार) बाँडफाँड गरेको छ।  लघुवित्तको सेयर निष्काशक तथा बिक्रि प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको हात्तिसार स्थित कार्यालयमा आइपीओ बाँडफाँड भएको हो। 

बाँडफाँड भएअनुसार योग्य आवेदकबाट गोलाप्रथाबाट सबैले लघुवित्तको १० कित्ता सेयर पाएका छन। कुल योग्य आवेदक २ लाख ५४ हजार ६६७ मध्ये २७ हजार ३०० जना सर्वसाधारणले मात्र सामुदायिक लघुवित्तको आइपीओ हात पारेका छन। यस हिसाबमा २ लाख २४ हजार ६ सय ६७ आवेदक हात खाली भएका छन। आईपिओमा ६ सय ४९ जनाको आवेदन रद्द भएको छ।   

लघुवित्तले सामूहिक लगानी कोष र कर्मचारी छुट्टाएर सर्वसाधारणलाई २ लाख ७३ हजार कित्ता सेयर निष्काशन गरेको थियो। सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी १० करोड पुग्नेछ भने शेयर स्वामित्व संस्थापक तर्फ ७० प्रतिशत र साधारणतर्फ ३० प्रतिशत पुग्नेछ।

कम्पनीले गत मंसिर २ देखि ५ गतेसम्म आइपीओ निष्काशन गरेको थियो। 

Skip This
Skip This
Logo