चितवनमा महिला मोटर र्‍याली आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

चितवनमा महिला मोटर र्‍याली आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । चितवनमा महिला मोटर र्‍याली आयोजना हुने भएको छ ।

बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा हुने यो र्‍याली महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।

प्रतियोगिता आगामी चैत्र २५ गते हुनेछ, जसमा नेपालभरका इच्छुक महिला चालकहरूले भाग लिन सक्नेछन्। र्‍याली भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा मार्ग हुँदै सञ्चालन गरिनेछ।

प्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले गर्ने तय भएकाे छ ।

प्रतियोगिताका सहभागीले तोकिएको गतिको पालना गर्दै, तोकिएका चेकपोइन्ट पार गर्नुपर्नेछ। प्रतियोगिताको प्रारम्भ चितवन उद्योग वाणिज्य संघ, भरतपुरबाट गरिनेछ भने समापन सौराहामा हुनेछ। प्रतियोगितामा ३० वटा गाडी र ६० जना महिला चालक सहभागी हुनेछन्। सहभागी हुन इच्छुक महिला चालकहरूले अनलाइन फारम भरी नाम दर्ता गर्न सक्नेछन्, तर त्यसका लागि नासा नेपालबाट जारी स्पोर्ट्स लाइसेन्स लिनुपर्ने आयोजकको भनाई छ ।

यस प्रतियोगिताको लागि प्रत्येक सहभागीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने जनाइएको छ। चितवन बाहिरबाट आउने सहभागीहरूका लागि एक रातको आवास व्यवस्था गरिनेछ भने सहभागीहरूलाई खेलकुद बीमा, रेसिङ तथा रोड सेफ्टी सम्बन्धी ओरियन्टेसन समेत प्रदान गरिनेछ।

Logo