ट्रायम्फ बाइकको ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना, सहज फाइनान्सकाे सुविधा

ट्रायम्फ बाइकको ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना, सहज फाइनान्सकाे सुविधा

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपालका लागि ट्रायम्फ बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘एक्सचेन्ज एन्ड टेस्ट राइड क्याम्प’ आयोजना गर्ने भएको छ ।

नक्सालस्थित बाइकर्स क्याफेमा मंगलबारदेखि प्रारम्भ हुने सो क्याम्पमा पुराना कुनै पनि ब्रान्डका मोटरसाइकल वा स्कुटरसँग ट्रायम्फ मोटरसाइकल साट्न सकिने छ । सो इभेन्टको अवसरमा नयाँ मोटरसाइकल लिने ग्राहकले २० हजार रुपैयाँ मूल्य पर्ने एरो हेल्मेट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

साथै मोटरसाइकल किन्न आफ्नो नागरिकताकै भरमा हुलास फिनसर्भमार्फत सहज फाइनान्स सुविधा लिन सकिनेछ । यसका लागि ग्राहकले शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाएपछि बाँकी रकम किस्ताबन्दीको रुपमा तिर्नसक्ने छन् ।

पुरानो बाइक भएका ग्राहकको पुरानो बाइकमा बेस्ट भ्यालुएसन गरिने कम्पनीको भनाइ छ । क्याम्प अवधिभर ग्राहकले नेपाली बजारमा उपलब्ध ट्रायम्फ मोटरसाइकलका दुई मोडल स्पिड ४०० र स्क्र्याम्बलर ४००एक्स टेस्ट राइड गर्न सक्ने छन् । सो अवसरमा उनीहरुले फ्रि बेभरेज समेत प्राप्त गर्नेछन् ।

सो क्याम्प आगामी शनिबारसम्म चल्ने छ ।

Logo