काठमाडौं । राजावादीहरुकाे समूहबाट शुक्रबार भाटभटेनीमा ताेडफाेड तथा लुटपाट हुँदा लाखौंको क्षति भएको पाइएको छ । सो दिन भाटभटेनीमा लुटपाट हुँदा ८० लाख ३३ हजार रुपैयाँ भन्दा बढी रकमको क्षति भएको बताइएको हो ।
शुक्रबार राजावादी समर्थकले तीनकुनेमा आन्दोलनका नाममा अराजक गतिविधि गरी कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट साथै तोडफोड गरेका थिए ।
भाटभटेनीमा तोडफोड साथै लुटपाट उक्त रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जानकारी दिएको छ । २ लाख ६४ हजार रुपैयाँको फ्रिज र शोकेसमा क्षति पुगेको र ९४ हजार रुपैयाँ नगद चोरी भएको बताइएको छ ।
यस्तै, तोडफोडबाट ११ लाख ९८ हजार बराबरको भवनमा क्षति र करिब ६४ हजार रुपैयाँको सामान नष्ट भएको छ । जम्मा गरी उक्त रकम बराबरको क्षति भएको बताइएको हो ।
भाटभटेनी लुटपाट गर्ने अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन् । लुटपाट संलग्न अन्यको खोजी कार्य भइरहेको नेपाल प्रहरीले बताएकाे छ ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले यो लुटपाट र तोडफोड निजी क्षेत्रमाथिको आक्रमण भएको बताउँदै आएको छन् । यस्तो गतिविधि आफूले अहिलेसम्म नभएको बताउँदै आन्दोलनको नाममा यस्ता अनैतिक क्रियाकलाप गर्न नहुने उनको धारणा छ । भाटभटेनी मात्र नभई उक्त दिने धेरैको निजी सम्पत्तिमाथि आक्रमण भएको छ ।
निजी सम्पत्ति तोडफोड हुँदा तीनकुने अस्तव्यस्त अवस्थामा छ । कैयौं गाडी, सार्वजनिक सम्पत्ति तथा घर आगजनी गर्ने समूहलाई प्रहरीले पक्राउ गर्दै आएको छ । अराजक काम गरी समस्या सिर्जना गर्नेलाई प्रहरीले कडा कारबाही गर्ने बताइएको छ ।





























प्रतिक्रिया