नयाँ वर्षमा गोदरेजले ल्यायाे ‘गोदरेजसँग नयाँ सुरुवात’काे अफर

नयाँ वर्षमा गोदरेजले ल्यायाे ‘गोदरेजसँग नयाँ सुरुवात’काे अफर

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । गोदरेजले नयाँ वर्ष २०८२ का लागि “गोदरेजसँग नयाँ सुरुवात” अभियान सार्वजनिक गरेको छ ।

घरमा खुसी र ऊर्जा थप्न, गोदरेजले ३० हजार रुपैयाँसम्मको क्यासब्याक र आकर्षक उपहारसहित नयाँ वर्षको विशेष अफर प्रस्तुत गरेको हाे । यसमा चेस्ट फ्रेजर्स र सिगल डोर रेफ्रिजेरेटरमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजेरेटरमा निस्शुल्क फ्राइ प्यान वा कासेरोल, साइड बाइ साइड रेफ्रिजेरेटर मा निशुल्क मिक्सर ग्राइन्डर, वासिङ मेसिनमा निशुल्क एरियल मेटिस डिटर्जेन्ट माइक्रोवेभ ओभनमा निःशुल्क कुकिङ किट रहेको छ ।

यस्तै, एयर कन्डिस्नरमा निशुल्क इन्स्टलेसन, निशुल्क डेलिभरी र इन्स्टलेसन रहेको छ । यो योजनामा शून्य प्रतिशत ब्याजमा इएमआई सुविधा रहेको कम्पनीले जनाएकाे छ ।

गोदरेजले आधुनिक प्रविधि र परम्पराको संयोजनमार्फत नेपाली घरहरूमा खुसी र सजिलो जीवनशैली ल्याउन प्रयास गर्दै आएको छ। टिकाउ र उच्च गुणस्तरीय होम अप्लायन्समार्फत, गोदरेजले आफ्नो स्थानलाई दिगो र प्रभावकारी बनाइरहेको छ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो। उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ । सीजी इलेक्ट्रोनिक्सको गोदरेजसँगको साझेदारीले ग्राहकहरूलाई आधुनिक र दिगो समाधानहरू प्रदान गर्दै जीवनशैलीमा सुधार गर्न मद्दत पुर्‍याएको छ।

Logo