एनआईसी एशिया बैंकबाट १०० रुपैयाँको मोबाइल टपअप गर्दा ‘आइफोन १६’ जित्ने मौका

एनआईसी एशिया बैंकबाट १०० रुपैयाँको मोबाइल टपअप गर्दा ‘आइफोन १६’ जित्ने मौका

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकलाई लक्षित गर्दै ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६’ योजना सार्वजनिक गरेको छ ।

एफवानसफ्ट प्रालिसँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् ।

बैंकका अनुसार ग्राहकले मो बैंक एपमार्फत न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गरेमा योजना स्वतः लागू हुनेछ । वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा टपअप गर्ने ग्राहकमध्येबाट एक जना भाग्यशालीलाई गोलाप्रथामार्फत विजेता घोषणा गरिनेछ ।

विजेताले आकर्षक उपहारस्वरूप नयाँ संस्करणको आइफोन १६ प्राप्त गर्नेछन् ।

बैंकले यो योजनाबाट ग्राहकसँगको सम्बन्ध अझ आत्मीय र सशक्त हुने विश्वास लिएको छ ।

Logo