सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा, कति पर्छ मूल्य ?

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागसिप ग्यालेक्सी एस २५ अल्ट्रा १ टिबी नेपाली बजारमा लन्च गरेको छ । मोबाइल अनुभवको नयाँ परिभाषा बोकेको यो डिभाइस १ टिबी स्टोरेज, एडभान्स्ड ग्यालेक्सी एआई फिचर र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ।

यसको एआई–फर्स्ट वन युआई ७ प्लेटफर्मले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनमा सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसमा सर्कल टू सर्च, कल ट्रान्सक्रिप्ट र समरी, राइटिङ असिस्ट, ड्रइङ असिस्टजस्ता एआई फिचर छन्।

ग्यालेक्सी एस२५ अल्ट्राको १ टिबी स्टोरेजले प्रयोगकर्ताहरूलाई फोटो, भिडियो, एप्स र अन्य महत्त्वपूर्ण फाइलहरू मेमोरीको चिन्ता बिना सुरक्षित राख्न पर्याप्त स्थान दिनेछ। सामसङको नवीनतम एआई–फर्स्ट वन यूआई ७ प्लेटफर्मले प्रयोगकर्ता अनुभवलाई अझ सहज र व्यक्तिगत बनाउने विश्वास कम्पनीको छ।

यस स्मार्टफोनमा उपलब्ध उन्नत ग्यालेक्सी एआई सुविधाहरूले प्रयोगकर्ताको कार्यक्षमता र सिर्जनात्मकतालाई नयाँ उचाइमा पुर्‍याउनेछ। ठूलो स्टोरेज क्षमताले नाउ बर र नाउ ब्रिफ, सर्कल टु सर्च, कल ट्रान्सक्रिप्ट र समरी, राइटिङ असिस्ट, र ड्रइङ असिस्ट जस्ता एआई फिचरहरूको पूर्ण उपयोग गर्न मद्दत गर्नेछ।

उच्च प्रदर्शन र आकर्षक डिस्प्ले भएको यो फोनले मल्टिटास्किङलाई सहज बनाउनुका साथै उत्कृष्ट दृश्य अनुभव प्रदान गर्नेछ। सामसङले ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबीलाई मोबाइल एआई प्रविधिको विकासमा एक महत्त्वपूर्ण कदमको रूपमा व्याख्या गरेको छ।

ग्यालेक्सी एस२५ अल्ट्राको १२ जिबी र्‍याम र १ टिबी स्टोरेज भेरिएन्ट टाइटटेनिएम सिल्भरब्लु र टाइटटेनिएम ग्रे रङमा उपलब्ध हुनेछ, जसको बजार मूल्य रु २,३४,९९९ तोकिएको छ। यो फोन वैशाख ४, २०८२ देखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा उपलब्ध हुनेछ।

सामसङले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै हुलास फिनसर्भ हायर पर्चेजद्वारा सञ्चालित इन्स्टा फाइनान्स मार्फत शून्य ब्याजदरमा मासिक रु ११,७५० को किस्ताबन्दीमा यो फोन खरिद गर्ने अवसर पनि प्रदान गरेको छ । यसका लागि ग्राहकहरूले नागरिकता मात्र पेश गर्नुपर्नेछ।

साथै, खरिदकर्ताले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको ब्रेकिज इन्सुरेन्स पनि प्राप्त गर्नेछन्। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेहरूका लागि सबकोफोन र आर्कोस्टोरमा एक्सचेन्ज सुविधा पनि उपलब्ध छ।

Logo