सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ शिविर सुरु, देशभर हुने

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ शिविर सुरु, देशभर हुने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सिप्रदीयन सहायता संस्था अन्तर्गतको सिप्रदी इम्प्याक्टको निःशुल्क ‘फुटबल फर फ्युचर, देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ उत्साहजनक रुपमा सुरु भएकाे छ । देशका विभिन्न भू-भागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जना गर्ने उद्देश्यले काठमाडौं किकर्सको सहकार्यमा यो शिविर सञ्चालन भएको हो ।

कार्यक्रमको पहिलो चरणअन्तर्गत धरानमा आयोजित प्रशिक्षण शिविरमा स्थानीय समुदायका ८४ जना बालिकाहरूले सक्रिय सहभागिता जनाएका थिए । त्यसैगरी, जनकनन्दनीमा सम्पन्न भएको दोस्रो चरणको शिविरमा ९० भन्दा बढी बालिकाहरूको उपस्थिति रहेको थियो। दुवै स्थानमा बालिकाहरूले फुटबलको आधारभूत सीप सिक्नुका साथै आत्मविश्वास र समूहमा काम गर्ने भावनाको विकास गरेकाे सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले विश्वास व्यक्त गरे ।

धरान र जनकपुरमा प्राप्त भएको सफलतापछि अब यो देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर पोखरामा आयोजना हुने भएको छ। पोखरामा पनि स्थानीय बालिकाहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। यस किसिमको नि:शुल्क प्रशिक्षण शिविरले आर्थिक रूपले विपन्न तथा दुर्गम क्षेत्रका बालिकाहरूलाई समेत खेलकुदमा सहभागी हुने अवसर प्रदान गरेको बताइएकाे छ ।

Logo