काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। राष्ट्र बैंकको गभर्नर बन्ने चर्चाका बीच भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।
रिक्त रहेको गभर्नर पदका लागि यसअघि राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । गभर्नरको दौडमा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे पनि रहेको बताइएको छ ।
तर, भट्टले भने गभर्नर बन्ने लगभग पक्का भएपछि राजीनामा दिएको बुझिएको छ । उनको विषयमा सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भइसकेको पनि चर्चा चलेको थियो । यद्यपि, गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन भएको छ । उक्त समितिले नाम मन्त्रिपरिषद्मा पेस गरेपछि मात्रै औपचारिक निर्णय हुनेछ।





























प्रतिक्रिया