काठमाडौं ।
निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औं वार्षिक साधारणसभा विहिबारदेखि शुरु भएको छ । महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ । यो वार्षिक साधारण सभाबाट महासंघको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।
महासंघको ५४ औँ साधारण सभामार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उमेद्वारी दिएका छन् । महासंघको निर्वाचन समितिका अनुसार बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु सहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उमेद्वारी परेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघमा विगत १२ वर्षदेखि काम गरिसकेका सौरभ ज्योति यसपटक एसोसिएटका उमेद्वार छन् । उनी नेपाल अटो मोबाइल कम्पनीको छाता संस्था (नाडा) को अध्यक्ष समेत भइसकेका साहसी र प्रष्ट वक्ता समेत हुन् । सौरभ ज्योतिसँग महासंघमा विगत ९ वर्षदेखि विभिन्न विभागको सक्रिय कार्यसमिति सदस्य तथा समितिको सभापति समेत भएर काम गरिसकेको कार्य अनुभव छ । त्यस्तै ज्योतिले नेपालको व्यवसायिक विभिन्न छाता सङगठनहरुको अध्यक्ष भएर काम गरिसकेका छन् ।
यस पटक हामीले उनीसँग कुराकानी गरेका छौं । हेरौं कुराकानीको सम्पादित अंश यो भिडियोमा :





























प्रतिक्रिया