कोशी प्रदेशमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणालीमा अनलाइन भुक्तानी सुरु

कोशी प्रदेशमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणालीमा अनलाइन भुक्तानी सुरु

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । कोशी प्रदेशमा विद्युतीय सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया औपचारिक रुपमा सुरु भएको छ।

इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीबाट सोमबार कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले यस प्रणालीको शुभारम्भ गरेका हुन्।

अबदेखि सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क तिर्न लामो लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। यस प्रणालीको सुरुवातसँगै सेवाग्राहीले आफ्नो मोबाइल वा कम्प्युटरबाट घरमै बसीबसी सजिलै अनलाइनमार्फत लाइसेन्सको आवेदन, नवीकरण र अन्य शुल्क भुक्तानी गर्न सक्नेछन्।

लाइसेन्स नवीकरणको प्रक्रियालाई थप सहज बनाउँदै मन्त्रालयमा सूचीकृत चिकित्सकसँग स्वास्थ्य परीक्षण गराएपछि चिकित्सकले सोही दिन साँझसम्म अनलाइन प्रणालीमा अद्यावधिक गर्नेछन्। त्यसको भोलिपल्ट सेवाग्राहीले अनलाइनबाटै शुल्क भुक्तानी गरी बिल प्राप्त गर्न सक्नेछन्।

आगामी साउन महिनादेखि कोशी प्रदेशमै लाइसेन्स छपाइ सुरु हुने भएपछि सेवाग्राही लाइसेन्स लिन मात्र कार्यालयमा उपस्थित भए पुग्नेछ।

हाल यो सेवा कोशी प्रदेशका सबै यातायात कार्यालयहरुमा सुरु भएको छ।

Skip This
Skip This
Logo