एनएमबि बैंकका सीईओ गोविन्द घिमिरेले गरे पदभार ग्रहण

एनएमबि बैंकका सीईओ गोविन्द घिमिरेले गरे पदभार ग्रहण

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) गोविन्द घिमिरेले पदभार ग्रहण गरेका छन् ।

मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृतबाट सुनिल केसी बिदा भएसँगै घिमिरेले जिम्मेवारी सम्हालेका हुन् ।

सञ्चालक समितिको बैठकले वैशाख १० गतेदेखि लागू हुने गरी घिमिरेलाई ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । घिमिरेले एनएमबिमा झण्डै एक दशक बिताएका छन् । व्यवस्थापन र कानुन विषयमा एमबीएल र बीएल गरेका घिमिरेसँग कर्जा बैंकिङको बढि अनुभव छ ।

Logo