इनड्राइभद्वारा आयोजित ‘मनी, माइन्ड, म्यानर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न

इनड्राइभद्वारा आयोजित ‘मनी, माइन्ड, म्यानर’ कार्यक्रम सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म, इनड्राइभले चालक साझेदारहरूको सशक्तीकरण र सामुदायिक संलग्नतालाई थप मजबुत बनाउन ‘द बेटर ड्राइभ इनिसिएटिभ-मनी, माइन्ड, म्यानर’ शीर्षकमा आयोजित कार्यक्रम सम्पन्न भएको छ ।

इनड्राइभद्वारा शुक्रबार काठमाडाैंकाे आयोजित उक्त कार्यक्रम विभिन्न क्षेत्रमा जोडिएर काम गरेका व्यक्तिहरूको सक्रिय उपस्थितमा सम्पन्न भएको हो । कार्यक्रममा आर्थिक साक्षरता, मानसिक स्वास्थ्य र कल्याण साथै शिष्ट व्यवहार र व्यावसायिक सेवाको महत्व जस्ता महत्वपूर्ण विषयहरू समेटिएका थिए। सत्रको मूल उद्देश्य सुरक्षित, पेशागत र मैत्रीपूर्ण सवारी प्रणाली निर्माणमा चालक साझेदारहरूलाई आवश्यक ज्ञान सीप र मनोबल प्रदान गर्नु थियो।

कार्यक्रममा सहभागी चालकहरूलाई वित्तीय योजना, सडक सुरक्षा सम्बन्धी सावधानीहरू, मानसिक स्वास्थ्य व्यवस्थापन र उत्कृष्ट ग्राहक सेवा जस्ता पक्षहरूमा सेसन दिइएको इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले बताइन् । उनका अनुसार इनड्राइभले केवल रोजगारीका अवसरहरू प्रदान गर्ने मात्र नभई, आफ्ना चालक साझेदारहरूको समग्र हित, सशक्तीकरण र दीर्घकालीन पेशागत विकासप्रति प्रतिबद्धता जनाउँदै आएको छ ।

सो कार्यक्रममा सडक सुरक्षा र ट्राफिक नियमहरू ट्राफिक प्रहरीका प्रतिनिधिहरूद्वारा सञ्चालित यो सेसनले चालकहरूलाई सडकमा सुरक्षित रहनुपर्ने अनिवार्यता र नियमहरूको पालना गर्नुपर्ने महत्वलाई सशक्त रूपमा प्रस्तुत गरिएको थियो । यस्तै, आइएमइ पे चिफ ग्रोथ अफिसर संजीव न्यौपानेले चालक साझेदारहरूलाई दिगो आर्थिक व्यवस्थापन, बचत, लगानी तथा डिजिटल वित्तीय उपकरणहरूको उपयोगबारे व्यवहारिक ज्ञान प्रदान गरेको इन्ड्राइभले बताएको छ ।

यसैगरी ह्यापी माइन्ड्सकी संस्थापक श्रेया गिरीद्वारा सञ्चालित सेसनमा मानसिक स्वास्थ्यको महत्व, तनाव व्यवस्थापन तथा सकारात्मक सोचले व्यक्तिगत र व्यावसायिक जीवनमा पार्ने प्रभावबारे छलफल भएकाे थियाे । इनड्राइभका अनुसार यस सत्रमा ग्राहकहरूप्रति सम्मान, आत्मीयता र सहृदय व्यवहारले सेवा अनुभवमा कसरी सकारात्मक प्रभाव पार्छ भन्नेबारे प्रेरणादायी उदाहरणसहित प्रशिक्षण दिइएको छ ।

कार्यक्रममा समावेश विषयवस्तुले चालक साझेदारहरूको बहुआयामिक विकासमा टेवा पुर्याउने गरी ज्ञान, सीप र मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो । इनड्राइभका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले इनड्राइभमा मानव कल्याण, सुरक्षाको प्रत्याभूति, आर्थिक सुदृढता, मानसिक स्वास्थ्यको संरक्षण, र उत्कृष्ट सेवा मापदण्डहरूको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताए ।

‘हामी एकजुट, सुरक्षित, र समर्पित राइड-हेलिङ्ग समुदायको निर्माणमा योगदान पुर्याउन चाहन्छौं, यस्ता पहलहरूले हामीलाई नेपालमा उत्तरदायी, दिगो र समावेशी मोबिलिटी इकोसिस्टमको आधार निर्माण गर्ने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउँछ,’ उनले भने ।

Skip This
Skip This
Logo