काठमाडौँ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ।
कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपम आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २०+ भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जानाएको छ।
साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेटलगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउने छ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ। साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्नेछ भने ग्राहकहरुको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ नेपालको बृहत् ठूलो मोटरसाइकल एक्सचेन्ज योजना हो।
यस योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना पुराना बाइकहरूको उच्चतम मूल्याङ्कन प्राप्त गरेर बजाजका आकर्षक नयाँ मोडेलहरू लैजाने अवसर प्रदान गर्नेछ।































प्रतिक्रिया