श्रमिक दिवसमा श्रमिकहरुको पीडाः ‘सरकारको विदा महसुस नै गर्न पाएनन्’

श्रमिक दिवसमा श्रमिकहरुको पीडाः ‘सरकारको विदा महसुस नै गर्न पाएनन्’

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । सबै श्रमिकवर्गहरुमा शुुभकामना । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा देशभरि विविध कार्यक्रम गरि श्रमिक दिवस त मनाइयो तर श्रम गर्नेहरुको पीडा बुझिएन ।

सधैँका वर्षझै सरकारले आज पनि श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दियो। त्यो विदा ज्यालादारी गरेर खानेहरुका लागि अन्य दिन जस्तै रह्यो । सरकारी जागिरे भएकाहरुका लागि विदाको दिन भएपनि दुइ छाक टार्न र घरपरिवारको पेट पाल्न दिनहुँ परिश्रम गर्नेहरुले विदा भएको महसुस गर्नै पाएनन् ।

आज श्रमिक दिवसकै अवसरमा हामी सरकारले भनेको कुरा र संविधानले दिएको हक अधिकारको व्यवहारमा लागु भएको छ त भनेर श्रमिकहरुसँग भलाकुसारी गरेका छौं । यसै क्रममा काठमाडौंको थापागाउँतिरको सडकछेउमा एक जना जुत्ता पोलिस गर्ने दाई र ति दाईसँग कुराकानी गर्न आएका अर्का दाई भेट्टिए । दुवैलाई देख्दा साथी जस्ता लाग्थ्ये । ती हुन् सडकछेउमा जुत्ता पोलिस गरेर जीविकोपार्जन गरिरहेका तेज नारायण राम। वर्षाै विदेश रहेर देशमै केहि गरु भनेर स्वेदश फर्केका उनी अहिले जुत्ता पोलिस गरेर जीवनयापन गरिरहेका छन् । ‘काम नगरेर दाम पाइँदैन दाम नभए माम पाइँदैन’ भन्ने मनसायले घाम/पानी नभनी सधैं सडकछेउमा बसेर काम गर्छन् ।

तेज दाईसँग कुराकानी गर्नका आएका अर्का व्यक्ति थिए उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका कर्मचारीहरुको गाडी चलाउने हरि बहादुर थापा । १३ वर्ष काम गरेनी केहि उपलिब्ध नभएको उनको गुनासो थियो । ३ वर्ष मलेसिया बसेर स्वदेश फर्केका थापा आफ्नै देशमा केहि गर्छु भनेर फर्किएका थिए । तर उनको चाहना चाहनामै सीमित बन्यो ।

अहिलेका नेताहरुले सत्ता नछोडेसम्म देश विकास नहुने उनको तर्क छ।

श्रमिकहरुसँग कुराकानी गर्ने सिलसिलामा थापागाँउमै विल्डिङ निर्माणका काम जुटेका एक युवा भेटिए । पेशाले सिभिल इन्जिनिएर रहेका उनको नाम प्रविन राउत थियो। सँगै काम गरेर लोकसेवाको तयारी गरिरहेका राउत विदेश जाने योजना बुनिरहेका छन् । नेपालमा जति काम गरेपनि खानलाउन मात्रै पुग्ने र केहि कुरा गरौँ भन्नलाई नपुग्ने भएकाले विदेश जाने सोच बनाएको सुनाए ।

उनले विदेश जाने योजना बनाउनुको पछाडिको कारण सरकारको नेतृत्व गर्नेहरुको रहेको उनको गुनासो थियो । सरकार अस्थिर भएका कारण नै नेपालका शिक्षकदेखि सबै वर्गका नागरिक सडकमा आउनुपरेको उनको तर्क छ ।

राउतले काम गरिरहेकै विल्डिङमा एक जना मिस्त्री दाई हामीहरु बसेको ठाउँमा आइपुगे । उनको नाम विष्णु बहादुर थापा मगर हो । वर्षाैदेखि मिस्त्रीको काम गर्दै आएका उनी सरकारले श्रमिक दिवसको अवसरमा सार्वजनिक विदा दिएपनि श्रमिकको अवस्था नबुझेको गुनासो गरे ।

शैक्षिक योग्यताका आधारमा उनी एसएलसी पास थिए । मलिन अनुहार बनाएर काम गरिरहेका विष्णु विदाको दिन घरमा बस्ने रहर भएपनि बाध्यताले काम गर्नुपरेको बताए । श्रमिकहरुको पीडा बुझ्न जनप्रतिनिधि कहिलै भेट्न नआएको पनि उनले गुनासो समेत गरे ।

वर्तमान नेतृत्व र राजनीतिप्रति श्रमिकहरु निकै रुष्ट बनेको यी कुराहरुले दर्शाउँछ । चुनावी भाषणमा विकासको ओइरो लगाउने नेताहरु सत्ता र शक्तिमै रमाउँछन् । सुखी नेपाली, समृद्धि नेपाल भन्ने नारा लगायका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भाषण गर्नमै व्यस्त देखिन्छन् ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेर बहादुर देउवाले पनि देश विकासका लागि केहि गर्न सक्दैन् भन्ने मनसाय युवाहरुमा छ । वर्तमान व्यवस्थाको भन्दा पनि अहिलेको नेतृत्वको विकल्प जनताले खोजिरहेका छन् ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ । त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा पनि व्यवस्था गरेको छ तर यी कुराहरु संविधानको दस्तावेजमा मात्रै सिमित देखिन्छ ।

Skip This
Skip This
Logo