सरकारले यो वर्ष पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गर्ने

सरकारले यो वर्ष पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गर्ने

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । सरकारले याे वर्ष पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आवमा पूर्वाधार आयोजनाको पुनः प्राथमिकीकरण गरिने बताएका हुन् ।

विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए ।

विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसद्‍को अवधिभित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनकाे भनाइ थियाे ।

Logo