प्राधिकरणलाई वित्तीय टाट पल्टिएको घोषणा गरेका हितेन्द्र भन्छन्- ‘हल्का हुने वातावरण मिलाइदिनुपर्‍याे’

प्राधिकरणलाई वित्तीय टाट पल्टिएको घोषणा गरेका हितेन्द्र भन्छन्- ‘हल्का हुने वातावरण मिलाइदिनुपर्‍याे’

केन्द्रबिन्दु
405
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण वित्तीय टाट पल्टिएको घोषणा गरिदिएका छन् ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले प्राधिकरण वित्तीय हिसाबले नाजुक रहेको बताएका हुन् । ‘प्राधिकरणको वित्तीय रूपमा खल्ती टाट पल्टिएको छ, नेपाल सरकारले तत्काल प्रतिफल दिने यो क्षेत्र हो भन्ने पहिचान गरी लगानी गरिदिए हल्का हुने थियो, त्यो वातावरण मिलाइदिनु पर्याे,’ शाक्यले सम्मेलनमा भने ।

उनले प्राधिकरण घाटामा रहेको देखाउँदै हल्का हुनको लागि सरकारले यहाँ लगानी बढाउनु पर्ने बताएका हुन् ।

अघिल्ला निर्देशक कुलमान घिसिङले प्राधिकरण सधैं नाफा रहेको र त्यहाँबाट जलविद्युत् क्षेत्रमा धेरै काम भइरहेको पनि बताएका थिए । तर, हितेन्द्र निर्देशकमा नियुक्ति भएसँगै प्राधिकरण घाटामा रहेको बताउँदै आज सोही अनुसारको पत्र सार्वजनिक गरेका हुन् ।

यसले प्राधिकरणमा नाफा थियो । तर, नाफालाई आफ्नो खल्तीमा हाल्ने दाउनले ऋणमा प्राधिकरण देखाइएको पनि धेरैको बुझाइ छ । यति मात्र नभई प्राधिकरणले १० अर्ब ऋण लिनको लागि पनि प्रक्रिया अगाडि बढाइसकेको शाक्यले जानकारी दिएका छन् ।

यस्तै, हितेन्द्रले प्राधिकरणको कुल दायित्व ३ खर्ब ८५ अर्ब पनि बताएका छन् । ‘नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड गरी २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋण रहेको छ जुन कुल सम्पत्तिको करिब ३९ प्रतिशत हो,’ शाक्यले भने, ‘प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ ।’

यसका अलावा, २०८०/०८१ सम्ममा प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड रहेको उनले बताए ।

Skip This
Skip This
Logo