नेपाल एसबिआई बैंकद्धारा सर्लाहीकाे मुसहर समुदायमा शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्धारा सर्लाहीकाे मुसहर समुदायमा शैक्षिक सामग्री वितरण

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सर्लाही जिल्लाको हरिपुर नगरपालिका वडा नं ७ का मुसहर समुदायलाई लक्षित गरी अत्यावश्यक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकका मधेश प्रदेश प्रमुख उदय पञ्जियार थारुले समुदायका पचास परिवार तथा बालबालिकाहरुलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।

बैंकले बिपन्न तथा पिछडिएका बर्गहरुमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Logo