अपर तामाकोशीको आइपीओ भर्ने आज अन्तिम दिन

अपर तामाकोशीको आइपीओ भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण सेयर (आइपीओ) मा आबेदन दिने आज आन्तिम दिन हो। 

आबेदन खुलेको तेस्रो दिन (आइतबार) सम्ममा करिब २ लाख ६ हजार आवेदकबाट ४ अर्ब भन्दा बढीको आबेदन परेको बिक्रि प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ। 

आइपीओ निष्काशनको तेस्रो दिन आइतबार साँझ ५ बजेसम्म २ लाख ६ हजार ३ सय आवेदकबाट ४ करोड कित्ताको माग गर्दा ४ अर्ब भन्दा बढीको आबेदन परेको हो। पहिलो दिन बिहिबार नै ४१ हजार आवेदकबाट ८२ करोड रुपैयाँ बढीको आवेदन परेको थियो भने शुक्रबार साँझ ५ बजेसम्ममा दुई अर्ब ७ करोड ६२ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो । यस हिसाबमा आइतबार मात्रै २ अर्बको आवेदन परेको छ  । 

यसअघि स्थानीयको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरेको अपर तामाकोशीले अहिले सर्वसाधारणलाई १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्रि खुला गरेको हो। कार्तिक १५ गतेदेखि बिक्रि खुला गरिएको तामाकोशीको आईपिओमा लगानीकर्ताले कात्तिक १९ गतेसम्म न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न सक्नेछन। 

नेपाल धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै तामाकोशीको आईपिओमा आवेदन भर्न सकिने व्यवस्था छ भने मेरो शेयर प्रयोगकर्ताले अनलाईबाटै आवेदन दिन सक्नेछन।

Skip This
Skip This
Logo