प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित

केन्द्रबिन्दु
15
Shares

गलेश्वर। म्याग्दीका मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट स्थानीय दुई सय १० जना लाभान्वित भएका छन् ।

चालु आर्थिक वर्षमा गाउँपालिकाबाट प्राप्त रु ५३ लाख ७४ हजार बजेटबाट पालिकाका सातवटै वडामा सञ्चालित १४ वटा योजनामा उनीहरुले रोजगारी पाएका हुन् ।

सो गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाका अनुसार रोजगार उपभोक्ता समिति गठन गरी सञ्चालित योजना तथा कार्यक्रममा स्थानीयलाई रोजगारी दिइएको हो । रोजगार कार्यक्रमअन्तरगत पदमार्ग निर्माण तथा मर्मत–सम्भार, गोरेटो बाटो तथा सार्वजनिक शौचालय निर्माणलगायतका योजनाहरू रहेका र तीनमा न्यूनतम एकसय दिन रोजगारीको व्यवस्था गरिएको अध्यक्ष गर्बुजाले जानकारी दिएका छन् ।

रोजगार कार्यक्रममा सहभागी स्थानीयलाई तालिम र सुरक्षा सामग्रीसमेत प्रदान गरिएको छ । सो कार्यक्रमअन्तरगत पालिकाको वडा नम्बर– ७ बिममा नरालेदेखि बिम्बाङसम्म र वडा नम्बर– ३ सिउदीभिर–औल पदमार्ग निर्माण पूरा भएको पालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकारी दिएक हुन् ।

यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आर्थिक वर्षमा प्राप्त बजेटमध्ये रु पाँच लाख ६७ हजारको लागतमा डाडाँगाउँको सिउदीभीरदेखि औँलसम्म तीन सय मिटर पदमार्ग निर्माण गरिएको छ । भीर काट्ने, पर्खाल लगाउने, सोलिङ र ढुङ्गाको सिँढी लगाएर पदमार्ग निर्माण गरिएको उनले बताए ।

यसैगरी, रु चार लाख १४ हजारको लागतमा बिम नरालेदेखि बिम्बाङसम्म एक सय ४२ मिटर नयाँ पदमार्ग र तीन सय ५० मिटर पदमार्ग मर्मतसम्भार गरिएको पालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा विनियोजत विभिन्न १४ योजनामध्ये तीन योजना सम्पन्न भएको र अन्य योजनाहरू निर्माणको अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले जानकारी दिए ।

Skip This
Skip This
Logo