काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा आज १४ सय रुपैयाँले घटेको हो । बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया